बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पर्वतको सदरमुकाम कुश्मा बजारको एक घरमा आगलागी भएको छ
समाचार

पर्वतको सदरमुकाम कुश्मा बजारको एक घरमा आगलागी भएको छ

  • सिधा दृष्टी बिहिबार, बैशाख ८, २०७९ | April 21, 2022

काठमाडौँ — पर्वतको सदरमुकाम कुश्मा बजारको एक घरमा आगलागी भएको छ । लक्ष्मी श्रेष्ठको घरमा आगलानी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रको टोलीको पहलमा सामान्य नियन्त्रणमा आएपनि अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाबाट वारूणयन्त्र मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । विद्युत् सटका कारण आगलागी भएको अनुमान गरिए पनि अझै

कारण पत्ता लागिनसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिनुभयो । आगलागीबाट मानवी क्षति भने भएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय