मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीय तहको चुनाव, २०७९ मा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन्
समाचार

स्थानीय तहको चुनाव, २०७९ मा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन्

  • सिधा दृष्टी बिहिबार, बैशाख ८, २०७९ | April 21, 2022

काठमार्डाँ — स्थानीय तहको चुनाव, २०७९ मा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले वाचा गरेका कामहरू पूरा गर्न नसकिएको हुँदा उम्मेदवारी दिन नमिल्ने बताएकी हुन् । अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा, घर घरमा मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु तसर्थ यस स्थानीय निर्वाचनमा

रन्जुको उम्मेदवारी रहने छैन,’ उनले भनेकी छन् । तर आफूले राजनीति भने नछाडेको

उनले बताइन् । धेरैले रन्जु दर्शनाले राजनीति छाडेको भन्ने आँकलन गरेपनि त्यसमा सत्यता नभएको उनले प्रष्ट्र पारेकी छन् । मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढि व्यतित भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु,’ उनले भनेकी छन् । यस्तै विगत पाँच वर्षमा आफूले गर्न चुकेका कामहरू पनि गर्ने बताएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय