शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ
समाचार

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ

  • सिधा दृष्टी बिहिबार, बैशाख ८, २०७९ | April 21, 2022

काठमाडौँ — जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो । विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो ।

साउनमा रु दुई लाख ६३ हजार, भदौमा रु चार लाख ४४ हजार, असोजमा रु चार लाख सात हजार, कात्तिकमा रु ६ लाख ५३ हजार, मङ्सिरमा

रु सात लाख दश हजार, पुसमा रु तीन लाख ७८ हजार, माघमा रु तीन लाख ७९ हजार, फागुनमा रु तीन लाख ६३ हजार र चैतमा रु तीन लाख २४ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए ।

ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय