काठमाडौँ — कांग्रेस पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा लगाएको ताला खोलिएको छ ।
जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै महानगर समिति आन्दोलित बनेको थियो । बुधबार बिहान लगाइएको ताला महानगर र जिल्ला समितिको बैठकपछि बिहीबार बिहान खोलिएको हो ।
महानगर सचिव टुवराज बाँस्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै नगर समितिसँग समन्वय नगर्नाले आत्मसम्मानमा चोट पुगेको भन्दै ताला लगाएका थिए । त्यसपछि बुधबार महानगर समितिको बैठक वडा सभापतिसमेतको सहभागितामा बसेको थियो । त्यो बैठकले