बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने
समाचार

स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने

  • सिधा दृष्टी बुधबार, बैशाख ७, २०७९ | April 20, 2022

काठमाडौँ — स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ । अन्यत्र ठेक्का लिएको भए उम्मेदवारी दिन अब रोकावट हुने छैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा ठेक्कापट्टामा संलग्न उम्मेदवार हुन पाउने भन्ने प्रावधानमाथि केही द्विविधा थियो । त्यसलाई सर्वोच्चले व्याख्या गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासले ठेक्कापट्टा भएको स्थानीय तहमा उम्मेदवार हुन नपाइने आदेश जारी गरेको छ । आफ्नो मतदाता नामावली भएको बाहेकका स्थानीय तहमा ठेक्का लिएको भए उम्मेदवारी दिन नरोकिने आदेशमा

उल्लेख छ ।

कुनै पनि व्यक्ति आफ्नो व्यावसायिक कारोबार भइरहेको स्थानीय तहमा निर्वाचित हुँदा निर्णय प्रक्रियामा स्वार्थ बाझिने अवस्था सिर्जना हुने सर्वोच्चको फैसलामा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जुन स्थानीय तहमा मतदाता नामावली छ सोही स्थानीय तहमा मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था छ । त्यसअनुसार आफ्नो स्थानीय तहका ठेक्कामा संलग्न व्यक्तिले उम्मेदवार बन्न नपाउने भएको छ । तर ठेक्कापट्टा व्यवसाय गरेकै आधारमा स्थानीय तहको उम्मेदवार हुन रोक लगाउने आयोगको निर्णय भने संविधानअनुकुल नभएको फैसलामा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय