शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकी पुर्व राष्ट्रपति ओबामाले फेरी राष्ट्रप हुने इच्छा भएको बताएको छ
समाचार

अमेरिकी पुर्व राष्ट्रपति ओबामाले फेरी राष्ट्रप हुने इच्छा भएको बताएको छ

  • सिधा दृष्टी बुधबार, बैशाख ७, २०७९ | April 20, 2022

काठमाडौँ — अमेरिकी पुर्व राष्ट्रपति ओबामाले फेरी राष्ट्रप हुने इच्छा भएको बताएको छ । अमेरिकी पुर्व राष्ट्रपति ओबामाले सन् २०२४ को चुनावमा आफू राष्ट्रपति लड्ने बताएका छन् । स्रोतहरूलाई उद्धृत गर्दै द हिलले उल्लेख गरेअनुसार ओबामाले यो कुरा राष्ट्रपति बाइडेनलाई सुनाइसकेका छन् । अप्रिल पहिलो साता ओबामा राष्ट्रपति निवास ह्वाइटहाउस गएका थिए । त्यतिबेला उनले मजाक गर्दै बाइडेनलाई उपराष्ट्रपति भनेर सम्बोधन गरेका थिए । बाइडेनले ७८ वर्षमा अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा सपथ लिएका थिए ।

त्यसअघि कुनै पनि अमेरिकी

राष्ट्रपति सपथ लिने बेला त्यति उमेर भएका थिएनन् । २०२४ मा बाइडेन फेरि चुनाव लडेर जिते भने दोस्रो कार्यकाल सुरू गर्दा उनी ८२ वर्षका हुनेछन् । बाइडेनले यसअघि पनि आफ्ना सहयोगीहरूलाई फेरि चुनाव लड्नेबारे सुनाएका रिपोर्टहरू सार्वजनिक भएका थिए । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि २०२४ मा फेरि राष्ट्रपति लड्ने तयारी गरिरहेका छन् । ट्रम्पलाई हराउन सक्ने उम्मेदवार डेमोक्र्याटिक पार्टीमा अरू कोही नभएकाले उनलाई हराउन आफू राष्ट्रपति उठ्ने बाइडेनको भनाइ छ । सन् १९८८ र २००८ मा पनि राष्ट्रपति बन्न प्रयास गरेका बाइडेन तेस्रो प्रयासमा २०२० मा सफल भएका थिए । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय