काठमाडौँ — काठमाडौंको ठमेलमा एक विदेशी नागरिकको मृत्यु भएको छ । बुधबार बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको हो । उनी ठमेलको होटल मनाङमा बसेका थिए । बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए । प्रारम्भिक अनुसन्धानबाट उनको खसेर मृत्यु भएको देखिन्छ,’ उनले भने ।
फिलिप्स त्यस होटलमा
एक जना साथीसँग बसेका थिए । उनका अरू साथीहरू पनि नेपालमा आएनआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको हो । मैनालीका अनुसार उनीहरू अप्रिल ६ मा नेपाल आएका थिए । घटनाबारे खबर भएपछि परिसर प्रमुख, काठमाडौं उपत्यका अनुसन्धान कार्यालय प्रमुखलगायतको टोली घटनास्थल पुगेका थिए । शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।