शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ
मुख्य खबर

काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ

  • सिधा दृष्टी बुधबार, बैशाख ७, २०७९ | April 20, 2022

काठमाडौँ — काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

महाभारत गाउँपालिका–७ स्थित केराबारीमा मंगलबार साँझ चट्याङ लाग्दा स्थानीय डिलबहादुर मोक्तानकी छोरी १६ वर्षीया कान्छीमाया मोक्तानको मृत्यु भएको हो ।

घट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवानले जानकारी दिए । हावाहुरीसहित पानी परिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको हो । चट्याङ लागेर मृतक किशोरीकी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाइते भएका छन्

। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

चट्याङ लागेर उनीहरुको एउटा भैँसी समेत मरेको छ । चट्याङका कारण घरभित्र ठूलो खाडलसमेत बनेको छ । चट्याङले घरमासमेत ठूलो क्षति पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय