काठमाडौँ — मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका ८ की २१ वर्षीया रेश्मा नेपाली रहेको मोरङ प्रहरीले जनाएको छर लडेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङहोममा मृत्यु भएको हो ।
बुधबार बेलुका पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेकी थिइन् । मोटरसाइकलसहित चालकलाई ईलाका प्रहरी
कार्यालय हरैँचाले नियन्त्रणमा लिएको छ ।