शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरूसँग अन्तरक्रिया गर्दैछन्
समाचार

अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरूसँग अन्तरक्रिया गर्दैछन्

  • सिधा दृष्टी बुधबार, बैशाख ७, २०७९ | April 20, 2022

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरूसँग अन्तरक्रिया गर्दैछन् ।

गोदावरीको सनराईज हलमा मध्यान्ह १२ बजे ओलीले पेशागत क्षेत्रका युवाहरूसँग देशको समसामयिक परिस्थिती, समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा अन्तरक्रिया गर्न लागेको उनको सचिवालयले जनाएको छ । अन्तरक्रियामा करिब १२ सय युवाको सहभागिता रहने छ ।

अध्यक्ष ओलीको आयोजनामा हुन लागेको कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योगलगायतका क्षेत्रमा संलग्न युवाहरुले आफ्नो

धारणा राख्नेछन् ।

त्यसपछि अध्यक्ष ओलीले नेपालको विकास र समृद्धिको अहिलेको अवस्था, आफू सरकारमा छँदा गरेका प्रयासको चर्चा गर्नेछन् । कार्यक्रममा सहभागी युवाहरूसँग केहीबेर प्रश्नोत्तर पनि राखिएको छ । कार्यक्रमम करिब तीन घण्टामा सकिने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय