मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ
समाचार

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ

  • सिधा दृष्टी बुधबार, बैशाख ७, २०७९ | April 20, 2022

काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको

छ । तोलाको ३५ रुपैयाँले घटेर चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । हिजो बिहीबार १४ सय २० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय