बिहिबार, अशोज २०, २०७९ | Thursday 6th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • फुटबल स्टार क्रिस्चियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ
मुख्य खबर

फुटबल स्टार क्रिस्चियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ

  • सिधा दृष्टी मङ्लबार, बैशाख ६, २०७९ | April 19, 2022

काठमाडौँ — फुटबल स्टार क्रिस्चियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ । रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नवजात छोराको मृत्यु भएको पुष्टि गर्दै एक विज्ञप्ति पोस्ट गरेका छन् ।

म्यानचेस्टर युनाइडेटमा रहेका ३७ वर्षीय रोनाल्डो र उनकी प्रेमिका जर्जिनाले गत अक्टोबरमा जुम्ल्याहा बच्चा जन्मने आशा गरेका थिए । छोराको मृत्युले गहिरो चोट लागेको विज्ञप्तिमा दुबै जनाले जनाएका छन् । जर्जिनाबाट एक छोरा र एक छोरीको जन्म भयो। छोरी भने सुरक्षित रहेको उनीहरुले बताएका छन्। छोरी रहेकोले आफूहरुलाई आश र खुसी मिलेको उनीहरुले

विज्ञप्तिमा उल्लेख गरेका छन् ।

म्यानचेस्टर युनाइटेडले पनि रोनाल्डोको पोस्टमा कमेन्ट गर्दै दुस्ख व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय