काठमाडौं- युजवेन्द्र चहललको ह्याट्रिकसहित पाँच विकेटको सहयोगबाट राजस्थान रोयल्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा साँघुरो जित निकालेको छ। बारबोर्न रंगशालामा भएको खेलमा राजस्थानले कोलकत्ताविरुद्ध सात रनको जित निकालेको हो।
खेलमा सरुआति ब्याटिङ गर्दै जस बटलरको १०३ रनको सतकको सहयोगमा राजस्थानले कोलकत्तासामू २१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कोलकत्ता दुई बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर २१० रनमा समेटियो।
पहिला पारीमा बटलरले ६१ बलमा १०३ रन बनाएका थिए। यसबाहेक सञ्जु समसनले पनि ३८ रनको पारी खेले। बलिङतर्फ कोलकत्ताका
सुनिल नायरले दुई विकेट लिए। जवाफमा कोलकत्ताका श्रेयस अयरले ५१ बलमा ८५ रन बनाए भने आरोन फिन्चले ५८ रनको अर्धसतकिय पारी खेले।
कोलकत्तालाई लक्ष्य पुरा गर्न नदिन युजवेन्द्र चहलले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए, यद्यपी उनले चार ओभरमा ४० रन खर्चिए।
यो जितसँगै आईपीइएलमा आठ अंक बनाएर राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित कोलकत्ता भने ६ अंकका साथ छैटौं स्थानमा छ। लिगमा समान आठ अंक बनाएका लखनौं, बैंगलोर र हैदराबाद क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।
शीर्षस्थानको गुजरात टाइटन्सको १० अंक छ। आईपीएलमा आज लखर्नौं सुपर जायन्टले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ।