सप्तरी- सप्तरीको सुरुङ्गा नगरपालिका-३ मा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। सोमबार आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
विद्युत् सर्ट भई आगलागी भएको आशंका गरिएको छ। आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।