शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा गर्नेबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज पनि बालुवाटारमा बस्ने भएको छ
समाचार

महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा गर्नेबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज पनि बालुवाटारमा बस्ने भएको छ

  • सिधा दृष्टी सोमवार, बैशाख ५, २०७९ | April 18, 2022

काठमाडौँ — छ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा गर्नेबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज पनि बालुवाटारमा बस्ने भएको छ । आइतबार बसेको बैठकमा कुन महानगर र उपमहानगर कसले लिने भन्नेबारे छलफल भए पनि निर्णयमा पुगेको थिएन । आज बिहान ९ बजेका लागि शीर्ष नेताहरूसहित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी तयारी तथा अनुगमन समिति बैठक राखिएको छ । सत्तागठबन्धनमा रहेका दलले नेपाली कांग्रेसलाई छमध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगर

राखेर अरू छाड्न भनेका छन् ।

तर कांग्रेसले सबै महानगर राख्ने र उपमेयर मात्रै छाड्न सक्ने अडान राखिरहेको स्रोतको दाबी छ । नेकपा माओवादी केन्द्रले भरतपुर, नेकपा एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगर आफूहरूलाई छाड्न माग गरेको छ। कांग्रेसका नेताहरूले भने सबै महानगरमा आफूहरूको स्वतस् दाबी रहेको प्रतिक्रिया दिने गरेका छन् । चुनावी तयारी तथा अनुगमन समितिमा सबै दलका प्रतिनिधिले आ(आफ्नो दाबी पेश गरेपछि सहमति हुन सकेको थिएन । शीर्ष नेताको उपस्थितिमा आज महानगर र उपमहानगर कहाँ कसले लिने भन्नेबारे छलफल गर्न लागिएको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा यसअघि भएका सहमतिअनुसार नै अगाडि बढ्नुपर्ने बताइरहेका छन् ।

गठबन्धनमा ०७४ मा जुन दलले प्रमुख जितेको हो त्यो ठाउँ सोही दलले लिने र एमालेले जितेका ठाउँमा मतभार हेरेर धेरै मत ल्याउनेले प्रमुख पदमा उम्मेदवारी दिनेजस्ता सहमति भएका थिए । ११ उपमहानगरमा पनि सत्तारूढ पाँचदलीय गठबन्धनबाट आ(आफ्ना दाबी पेश भइरहेका छन् । गठबन्धनले केन्द्र, प्रदेश र जिल्लामा संयन्त्र बनाएर चुनावी तालमेलबारे निर्णय गर्ने तयारी गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय