शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारी र पर्यटन विकासका लागि नेपाली चलचित्रले मुख्य भूमिका खेल्ने बताउनु भएको छ
समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारी र पर्यटन विकासका लागि नेपाली चलचित्रले मुख्य भूमिका खेल्ने बताउनु भएको छ

  • सिधा दृष्टी सोमवार, बैशाख ५, २०७९ | April 18, 2022

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारी र पर्यटन विकासका लागि नेपाली चलचित्रले मुख्य भूमिका खेल्ने बताउनु भएको छ । राष्ट्रपति भवन शितलनिवासमा चलचित्र विकास बोर्डलेले आइतबार गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले चलचित्रको माध्यमबाट अन्धविश्वास र कुरीती हटाउन महत्वपूर्ण भुमिका खेलेको स्मरण समेत गर्नुभयो । कार्यक्रममा सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोनाकालमा ठप्प भएको चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्र निर्माण, वितरण र छायांकनज व्यवस्थानमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले

राष्ट्रिय चलचित्रमाथि भइरहेको आक्रमणलाई रोक्नुपर्ने बताउँदै चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ राशीसहित २०७६ सालको दीर्घ साधना सम्मान नेपाली फिल्मकी पहिलो अभिनेत्री भुवन थापा चन्द र २०७७ सालको सम्मान संगीतकार तथा गायक शम्भुजित बाँस्कोटालाई प्रदान गरिएको थियो । २०७६ सालको विशेष चलचित्र पुरस्कार ‘आमा’, गुरुङ भाषाको ‘मि न्होर्बै ट’ र ‘नालापानी’ले प्राप्त गरेका छन् । यस्तै २०७७ सालको विशेष फिल्म ‘सरिता’ बन्न सफल भएको छ । फिल्म ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेता र ‘आमा’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन् । चलचित्र ‘आमा’ले उत्कृष्ट फिल्मको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ र निर्देशक दीपेन्द्र के. खनालले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।

त्यस्तै, छायांकनतर्फ फिल्म ‘छ माया छप्पक्कै’बाट हरि हुमागाईँ, सम्पादनतर्फ फिल्म ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेल र लेखनतर्फ फिल्म ‘जात्रै जात्रा’बाट प्रदीप भट्टराईले अवार्डमा प्राप्त गरेका छन् । आदिवासी जनजातितर्फ फिल्म ‘पचे गोरे र जुरी अवार्ड फिल्म ‘जीवन काँडा कि फूल’का लागि अवस्था थापालाई प्रदान गरिएको छ । त्यस्तै, नव–प्रवेशी कलाकारको रुपमा फिल्म ‘रातो टीका निधारमा’बाट अंकित शर्माले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेका छन् । चलचित्र विकास बोर्डले अवार्डसहित नगद २५ हजार प्रदान गरेको छ । चलचित्र क्षेत्रमा बिशेष योगदान पु¥याएबापत राजेश हमाल, गौरी मल्ल, दिपाश्री निरौलासहित एक दर्जनभन्दा बढी फिल्मकर्मीलाई बोर्डले राष्ट्रपति भण्डारीको हातबाट विशेष योगदान सम्मान प्रदान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय