दक्षिण अफ्रिकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४४३ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार बाढी र पहिरोमा परेर दर्जनौं मानिस बेपत्ता भएका छन् । क्वाजुलु–नातान प्रान्तमा केही दिनदेखि भारी वर्षा भएको थियो ।
बाढी र पहिरोमा परी लाखौं मानिस विस्थापित भएका छन् भने पानी र बिजुलीको आपूर्ति अवरूद्ध भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी पहिरोका कारण साउदी अरबको भ्रमण स्थगित गरेका छन् ।