काठमाडौँ — उत्तर अफ्रिकी मुलुक ट्युनिसिया नजिकैको समुद्रमा एउटा मालवाहक पानीजहाज डुबेको छ । समाचार संस्था रोयटर्सका अनुसार ७५० देखि १ हजार टनसम्म इन्धन बोकेको उक्त जहाज गत शुक्रबार ट्युनिसियाको सीमानजिकैको समुद्रमा डुबेको हो । इक्वेटोरियल गिनीबाट माल्टा जान लागेको उक्त जहाज खराब मौसमका कारण डुबेको बताइएको छ । ट्युनिसयाका नौसेनाहरू जहाजमा रहेका सात जना चालक दलका सदस्यको उद्धार गरेका छन् ।
उनीहरूको अवस्था सामान्य छ । ५८ मिटर लामो र ९ मिटर चौडा जहाजमा रहेको इन्धन समुन्द्रमा मिसिएर उक्त
क्षेत्रमा प्रदुषण हुने खतरा छ । ट्युनिसियाको रक्षा मन्त्रालयले छिमेकी मुलुकहरूले जहाजबाट हुने खतरा रोक्न सघाउने प्रस्ताव गरेको बताएको छ । डुबेको जहाजको अधिकारीहरूले निरीक्षण गरेका थिए। अहिलेसम्म जहाजबाट कुनै लिकेज नभएको उनीहरूले बताएका छन् । ट्युनिसियाको रक्षा मन्त्रालयले इन्धन समुद्रमा मिसिन नदिन छिमेकी मुलुकसँग मिलेर आफ्नो देशका नौसैनिक काम गर्ने जनाएको छ । एजेन्सी