शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • चितुवाको छालासहित प्रहरीले काठमाडौंबाट चार जना पक्राउ गरेको छ
मुख्य खबर

चितुवाको छालासहित प्रहरीले काठमाडौंबाट चार जना पक्राउ गरेको छ

  • सिधा दृष्टी आइतवार, बैशाख ४, २०७९ | April 17, 2022

काठमाडौं– चितुवाको छालासहित प्रहरीले काठमाडौंबाट चार जना पक्राउ गरेको छ। प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

झोलाभित्र लुकाइरहेको अवस्थामा चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरिएको परिसरले जनाएको छ। पक्राउ पर्नेमा गुल्मीका ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाका २९ वर्षीय फुरी शेर्पा, भक्तपुरका २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीका ३० वर्षीय बिकास पुर्कुटी रहेका छन्।

उनीहरूको साथबाट जितुवाको छाला दुई थान, खप्पर लगायत बरामद भएको छ। पक्राउ परेकाहरूलाई थप अनुन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन

वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय