बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकरदुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन्
समाचार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकरदुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन्

  • सिधा दृष्टी आइतवार, बैशाख ४, २०७९ | April 17, 2022

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकरदुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।

‘अबको एकरदुई दिनभित्रमा जहाँ/जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’

निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् ।

महामन्त्री थापाले यस विषयलाई शनिबारको केन्द्रीय समितिको बैठकमा पनि उठाएका थिए ।

‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’ केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।थापाले केन्द्रीय समितिबाट निर्णय गराएर मात्रै पार्टीका एजेण्डा गठबन्धनमा छलफल गर्नुपर्ने पार्टी बैठकमा उठाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय