कलाकार दीपक राज गिरीले विदेशी चलचित्रको बजार राम्रो छ भन्दैमा नेपाली चलचित्रलाई स्थान नै नदिनु नराम्रो रहेको बताएका छन्। उनले के जिफ च्याप्टर २ चलाउँदा ए मेरो हजूर ४ को शो हटाउन नुहुने बताए।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘के जीएफ चलाउ, पैसा मज्जाले कमाउ। तर नेपाली चलचित्रलाई दिएको थोरै शो त नघटाउ।’
उनले काठमाडौँमा रहेका हलले न्याय गरे पनि केही हलले बदमासी गरेको देखिएको उल्लेख गर्दै भनेका छन्, ‘तपाईहरुलाई भोलिको दिनमा स्वदेशी उत्पादनमा अनिवार्य कोटा भने प्रतिशत तोकियो
भने कति गारो पर्छ होला ? जुन संभावना पनि छ। के जीएफ ले आगो बालेको छ। सहि हो त्यसमा तपाई हरुले नियम नै नभएको रातिको शो राखेर कमाउनुभयो। कुमाउनुस् तर राम्रै चलिरहेको नेपाली चलचित्रको शो किन घटाउनु हुन्छ ?’
अन्त्यमा उनले अलिकति नैतिकता प्रदर्शन गर्नको लागि अनुरोध गर्दै भनेका छन्, ‘नेपाली ब्राण्ड विदेशीको तुलनामा कमजोर होलान तर अशक्त छैनन्। हाम्रा आफ्नै दर्शक छन्, तिनिहरुको पनि सम्मान गरिदिनु होला।’
केजीफ च्याप्टर २ को बजार व्यापक भएकोले उपत्यका बाहिरका केही हलले ‘नेपाली चलचित्र ए मेरो हजूर ४’ को शो हटाएको थियो।