शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ
समाचार

टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

  • सिधा दृष्टी आइतवार, बैशाख ४, २०७९ | April 17, 2022

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ शेरघारी फर्ममा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे१ह ३०४९ नम्बरको टेम्पो शनिबार साँझ पौने ७ बजे पल्टिंदा सुर्खेतक गुर्भाकोट नगरपालिका-१४ का अन्दाजी ६० वर्षीय पदमबहादुर रास्कोटीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

दुर्घटनामा टेम्पो चालक ३१ वर्षीय पदम शाही, ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया

पूर्णकला पुन घाइते छन्। उनीहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय