काठमाडौं- निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताएका छन्।
शनिबार हेटौँडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भएकाले आगामी वैशाख ३० मा हुने निर्वाचन नसर्ने बताएका हुन्।
उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन रहेकाले कुनै पनि हालतमा निर्वाचन हुने कुरा प्रष्ट पारे। उनले निर्वाचन आयोगले गत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरिसकेकाले यसको सफल कार्यान्वयन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए। आचारसंहिताले