शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इटालियन सिरी ए मा एसी मिलान र इन्टर मिलानले शुक्रबार राति जित निकालेका छन्
समाचार

इटालियन सिरी ए मा एसी मिलान र इन्टर मिलानले शुक्रबार राति जित निकालेका छन्

  • सिधा दृष्टी शनिबार, बैशाख ३, २०७९ | April 16, 2022

काठमाडौं- इटालियन सिरी ए मा एसी मिलान र इन्टर मिलानले शुक्रबार राति जित निकालेका छन्। यो जितसँगै सिरी एको शीर्षस्थानमा यी दुई क्लबको प्रतिस्पर्धा अझै रोमाञ्चक भएको छ।

अहिले तालिकाको शीर्षस्थानमा रहेको एसी मिलानको ७१ र दोस्रो स्थानमा रहेको इन्टर मिलानको ६९ अंक छ।

गएरातिको जितसँगै एसी मिलान सिरी ए को शीर्षस्थानमा कायम छ। यो स्थान पाउनका लागि उसले दोस्रो स्थानको इन्टरलाई दुई अंकले पछि पारेको हो।

तर लिगमा एसी मिलानले ३३ खेल खेलिसकेको छ भने इन्टरले ३२ खेलमा मात्र

सहभागिता जनाएको छ। अब यी दुई क्लबले पहिलो र दोस्रो लेगको खेल पनि सम्पन्न गरिसकेका छन्।

शुक्रबार राति स्पेजियाको मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमलाई ३–१ ले हराउँदै इन्टर मिलानले जित निकालेको हो। इन्टर मिलानलाई जित दिलाउन मार्सेलो ब्रोजोविच, लाउतारो मार्टिनेज र एलेक्सिस सान्चेजले समान १–१ गोल गरेका थिए।

त्यस्तै, मिलानको सान सिरो मैदानमा सम्पन्न भएको खेलमा चाहिँ घरेलु टिम एसी मिलानले पाहुनो टिम जिनोआलाई २–० ले हराएको छ।

एसी मिलानलाई जित दिलाउनका लागि राफेल लियो र जुनियर मेस्सियसले गोल गरेका थिए।

त्यस्तै, गएराति पराजित जिनोआ २२ अंकका साथ १९औं स्थानमा छ भने १५औं स्थानमा रहेको स्पेजियाको ३३ अंक छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय