शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चुनावी खर्च राज्यले व्यहोरौ : भट्टराई
समाचार

चुनावी खर्च राज्यले व्यहोरौ : भट्टराई

  • सिधा दृष्टी शुक्रबार, बैशाख २, २०७९ | April 15, 2022

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पैसा खर्च गरेर चुनाव जित्ने र असुल्न राज्यकोषको दोहन गर्ने प्रवृत्तिले भ्रष्टाचार बढाएको बताएका छन् । जहिलेसम्म पैसा खर्च गरेर चुनाव जित्ने प्रवृत्ति रहन्छ त्यो बेलासम्म राज्यको दोहन भइरहने खतरा हुने भट्टराई तर्क गर्छन् । स्थानीय चुनावको मुखमा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गत चुनावमा छ करोड खर्च गरेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि आयोगले कोइरालासँग स्पष्टीकरण सोधेको थियो । चुनावमा उम्मेदवारले खर्च गर्न पाउने सीमा आयोगले तोकेको छ

। चुनावपछि खर्च विवरण पनि आयोगमा पेश गर्नुपर्ने हुन्छ । ०७४ मा आयोगमा पेश गरेको खर्च विवरण र शशांकको अभिव्यक्तिमा तालमेल मिलेको थिएन ।

आयोगले स्थानीय चुनावको मुखमा चुनावी खर्चबारे नेताले दिने अभिव्यक्तिप्रति लक्षित गर्दै स्पष्टीकरण सोध्नेजस्ता कदम उठाएको छ । यस्तै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसँग पनि आयोगले स्पष्टीकरण मागेको छ । उनले पनि अघिल्लो चुनावमा आयोगमा पेश गरेकोभन्दा धेरै खर्च भएको अभिव्यक्ति दिएका थिए । चुनावी खर्च र यसका सीमाबारे बहस भइरहँदा भट्टराईले ट्वीट गर्दै तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले बेहोर्ने उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय