सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ
समाचार

दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी शुक्रबार, बैशाख २, २०७९ | April 15, 2022

काठमाडौं– कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई महाशाखाले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै चुनौती दिँदै हिँडे पनि पक्राउ पर्न सकेका थिएनन्। कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियो। अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेको

अवस्थामा दासको शव भेटिएको थियो।

दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि अरुणले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो भने भण्डारीले ‘हामी हत्यारा हौं पक्राउ गरेर देखा’ भनेको भिडियो पनि बाहिर आएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय