शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर सुथः सिया जात्रा मनाएका छन्
समाचार

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर सुथः सिया जात्रा मनाएका छन्

  • सिधा दृष्टी शुक्रबार, बैशाख २, २०७९ | April 15, 2022

काठमाडौं- बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर सुथः सिया जात्रा मनाएका छन्।

बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो।


थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर

भव्य रुपमा मनाउने परम्परा छ।


यो जात्रा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। बिहीबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो। यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीको खट ल्याएर यो जात्रा मनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय