मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • म्याजिकको ठक्करबाट एक जनाको ज्यान गएको छ
समाचार

म्याजिकको ठक्करबाट एक जनाको ज्यान गएको छ

  • सिधा दृष्टी शुक्रबार, बैशाख २, २०७९ | April 15, 2022

रौतहट- रौतहटको गौर-चन्द्रनिगाहपुर खण्ड अन्र्तगत चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा बिहीबार म्याजिकको ठक्करबाट एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।

डुमरियाबाट चन्द्रनिगाहपुरतर्फ तीव्र गतिमा जाँदै गरेको प्रदेश २–०३–००१ ज १९७ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको बा४५प २२४३ नम्बरको स्कुटी र साईकलाई ठक्कर दिँदा स्कुटी चालक रौतहट बृन्दावन नगरपालिका ९ भुसाह बस्ने ६० वर्षीय जनहिर पासवानको मृत्यु भएको हो।

स्कुटीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको म्याजिकले नजिकै रहेको एक साईकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको

छ।​

म्याजिकको ठक्करबाट स्कुटी चालक पासवान र साइकल चालक रौतहट चन्द्रपुर नगरपालिका ८ बैजनाथपुर बस्ने १२ वर्षीय सुवोध चौधरी घाइते भएका थिए।

घाइते दुबै जनालाई स्थानीय वासिन्दा र इलाका प्रहरी कार्यालय डुमरियाको सहयोगमा उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा साझ करिब ७ बजे स्कुटी चालक पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय