काठमाडौं- स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ।
आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीबार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।
यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १-१ गोलको बराबरी खेलेको थियो। तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले हार व्यहोर्यो।
अब फ्रान्कफुर्टले सेमिफाइनलमा वेस्ट ह्यामको सामना गर्नेछ। वेस्ट ह्यामले फ्रेन्च क्लब लियोनलाई समग्रमा ४-१ ले पाखा लगायो। अर्को सेमिफाइनलमा आरबी लाइपजिग र रेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।