आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चट्याङ लागेर एकै घरका ३ जना घाइते
समाचार

चट्याङ लागेर एकै घरका ३ जना घाइते

  • सिधा दृष्टी बिहिबार, बैशाख १, २०७९ | April 14, 2022

काठमाडौँ — सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ३ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका– ४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र १२ वर्षीय नाति दिनेश थापा घाइते भएका हुन् ।

घरमै सुतिरहेको बेला बिहीबार बिहान करिव ३ बजेतिर उनिहरूलाई चट्याङले लागेको थियो। घाइतेहरुको उद्दार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले

जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय