बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्
समाचार

उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्

  • सिधा दृष्टी बिहिबार, बैशाख १, २०७९ | April 14, 2022

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नववर्षको सुरुआतका अवसरमा आज शुभकामना सन्देश प्रवाह गर्दै उहाँले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्ने बताए ।

विक्रम् संवत् २०७९ लाई निर्वाचन वर्षकारुपमा स्वागत गरिएको उल्लेख गर्दै उनले स्थानीय सरकार गठनका लागि वैशाख ३० गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नेपालीलाई अपिल गरे ।

राष्ट्रको

प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै उपराष्ट्रपति पुनले त्यस ध्यान केन्द्रित गर्न आग्रह गरे ।

उनले देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिको कामनासमेत गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय