शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना नेता–कार्यकर्तालाई व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ त्यागेर स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन्
समाचार

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना नेता–कार्यकर्तालाई व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ त्यागेर स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन्

  • सिधा दृष्टी बिहिबार, बैशाख १, २०७९ | April 14, 2022

काठमाडौँ — नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्ना नेता–कार्यकर्तालाई व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ त्यागेर स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

बिहीबार बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले आन्तरिक मतभेद पार्टीभित्रको विषय भएको उल्लेख गर्दै त्यसका कारण चुनावका बेला विभाजित नहुन कांग्रेस नेता–कार्यकर्तालाई अपिल गरेका हुन् । उनले आज सुरु भएको २०७९ साललाई चुनावी वर्षका रूपमा लिन आग्रह गरेका छन् ।

नयाँ

वर्षसँगै देश चुनावी माहौलले तात्नेछ। यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन’, उनले शुभकामना सन्देशमा भनेका छन्,, ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन ।’ आफूहरूका विरोधी बलिया र संगठित रहेका उल्लेख गर्दै कांग्रेस नेता कोइरालाले भनेका छन्, ‘तसर्थ हामी एक हौं भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ ।’

पार्टीभित्र भएका अन्याय र काखा तथा पाखाबारे गरिने प्रवृत्तिविरूद्धको संघर्ष जारी रहने उल्लेख गर्दै उनले उम्मेदवार तय गर्दा निष्पक्षताका लागि लड्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय