आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवर्द्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने
पर्यटन

ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवर्द्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने

  • सिधा दृष्टी बुधबार, चैत्र ३०, २०७८ | April 13, 2022

काठमाडौँ — ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवर्द्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ ।

सुनकोसी गाउँपालिका–९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीनछाँगेको विषयमा लेख, रचना, गीत, कविता तथा सामाजिक सञ्जालमार्फत फोटो, भिडिओ र टिकटक बनाउने उत्कृष्ट तीन जनालाई नगदसहित पुरस्कृत गरिने भएको हो ।

तयार पारिएको सामग्री र त्यसको प्रभावका आधारमा पुरस्कार दिइने सुनकोसी गाउँपालिका–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए ।

तीनछाँगेको इतिहास,

वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचार सामग्रीसमेत तयार पार्न सकिने उनको भनाइ छ । नयाँ वर्ष–२०७९ को पहिलो दिन वैशाख १ गते वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवर्द्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि बृहत् साङ्गीतिक कार्यक्रमसहितको तयारी गरेको प्रवर्द्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताए ।

कार्यक्रममा स्थानीयको जातीय पहिचान झल्काउने झाँकी, ककनीको अग्र्यानिक स्वादसहित स्वादिष्ट परिकारहरु, राष्ट्रिय फूल लालीगुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जनाएको छ। स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिले यस क्षेत्रको पर्यटन प्रवर्द्धन अभियान चलाएका छन् ।

सुनकोसी–९ को समृद्धि र विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइएको छ । पुरानो किंवदन्ती बोकेको धार्मिक तथा प्राकृतिक रमणीय स्थल तीनछाँगे विगतमा ओझेलमा थियो। त्यहाँसम्म पुग्ने बाटोसमेत थिएन । अहिले जनप्रतिनिधिकै पहलमा तीनछाँगेसम्म पुग्ने सहज बाटो र झरना अवलोकनका लागि पदमार्ग, काठे पुललगायत पूर्वाधार निर्माण गरिएको छ ।

पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय