शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सोलुखुम्बुबाट छुटेको जिप ओखलढुंगाको हर्कपुरमा दुर्घटना भएको छ
समाचार

सोलुखुम्बुबाट छुटेको जिप ओखलढुंगाको हर्कपुरमा दुर्घटना भएको छ

  • सिधा दृष्टी बुधबार, चैत्र ३०, २०७८ | April 13, 2022

काठमाडौँ — सोलुखुम्बुबाट छुटेको जिप ओखलढुंगाको हर्कपुरमा दुर्घटना भएको छ । आज बिहान पुर्वको लागि छुटेको जिप करिब ९ः४० बजे हर्कपुरको भडारे खोलामा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार एकजना प्रहरी हवलदार र एक जना जवानको मृत्यु भएको भन्ने जानकारी प्राप्त भए पनि थप विवरण आउँन बाँकी रहेको बताए । जिपमा ९ जना प्रहरी सवार रहेको भए पनि के कति घाइते भए भन्ने विषयमा समेत जानकारी

लिने काम भइरहेको उनको भनाइ छ।

अहिले घाइतेको घुर्मीमा प्राथमिक उपचार भइरहेको बताइएको छ । यस्तै जटिल अवस्थाकालाई थप उपचारको लागि काठमाडौँ लैजान हेलिकोप्टरसँग समन्वय भइरहेको सिडिओ तामाङले बताए ।

प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी छ । घटनास्थलमा ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सहितको टोली पुगेको छ । अन्य थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय