शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ
मुख्य खबर

चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ

  • सिधा दृष्टी मङ्लबार, चैत्र २९, २०७८ | April 12, 2022

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.९ प्रतिशतले घटेको मंगलबार राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने

नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १,७,२६२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय