काठमाडौं- भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ। दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन्।
काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो।
दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो। घाइते बालिकाको