मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गरेका छन् : एमालेका अध्यक्ष केपी शर्मा ओली
समाचार

वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गरेका छन् : एमालेका अध्यक्ष केपी शर्मा ओली

  • सिधा दृष्टी मङ्लबार, चैत्र २९, २०७८ | April 12, 2022

काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गरेका छन् । जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैरजिम्मेवार सरकारको भर हुन नसक्ने टिप्पणी गरेका हुन् । मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको समय पहिलेको जस्तो नभएपनि जालझेल र तिक्डम गर्ने यस्तो सरकारबाट सचेत हुनुपर्ने बताए । समय त हिजोको जस्तो छैन ।

तर सरकार चाहिँ उसै

वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार भएको’, ओलीको टिप्पणी छ । सरकार आफै समयमा चुनाव गरेर लोकतन्त्र जोगाउने भन्दा चुनाव नगरेर षड्यन्त्र गर्नतर्फ लागिरहेको पनि बताए । ‘त्यसकारण अहिले पनि के हुन्छ रुमान्छेलाई जाली मुद्धा लाग्दैन, फसाइँदैन भन्न सक्ने अवस्था छैन, यो सरकार यस्तै हो । तर हामी त्यसमा सजग हुुनुपुर्छ’, ओलीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय