काठमाडौँ — निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । आयोगले सोमबार गरेको निर्णयअनुसार चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावललाई हटाएको हो । उनको सट्टामा चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो ।
न्यायाधीश प्रकाशकुमार अधिकारी वरीयतामा चौथो नम्बरमा छन् । यसअघि पनि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको हेरफेर गरिसकेको छ । चैत २३ गतेको बैठकले ७१ जना निर्वाचन अधिकृत हेरफेर गरेको थियो । विविध कारण भएको भन्दै आयोगले हेरफेर गरेको थियो ।