काठमाडौँ — जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंहलाई नियन्त्रणमा लिइएको हो ।
हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको भनेर गोप्य सूचना पाएपछि खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय