शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने भएको छ
मुख्य खबर

बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने भएको छ

  • सिधा दृष्टी मङ्लबार, चैत्र २९, २०७८ | April 12, 2022

काठमाडौँ — बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने भएको छ ।

बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । यसको प्री–अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ । यस कम्पनीको आईपीओ हात पार्न भाग्यकै भर पर्ने भएको छ ।

यसमा मागभन्दा १५ दशमल ७६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ। कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२

हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ६६ हजार ३४५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय