मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • युट्युबले रुसी संसदको तल्लो सदनको प्रशारण गर्ने डुमा टीभीमाथि प्रतिबन्ध लगाएको छ
समाचार

युट्युबले रुसी संसदको तल्लो सदनको प्रशारण गर्ने डुमा टीभीमाथि प्रतिबन्ध लगाएको छ

  • सिधा दृष्टी मङ्लबार, चैत्र २९, २०७८ | April 12, 2022

काठमाडौँ – युट्युबले रुसी संसदको तल्लो सदनको प्रशारण गर्ने डुमा टीभीमाथि प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा युट्युबले यस्तो कदम चालेको हो ।

यो कदमसँगै रुसी अधिकारीले लोकप्रिय स्ट्रिमिङ सेवामाथि आक्रोश व्यक्त गरेका छन् । जानकारहरुका अनुसार आगामी दिनमा रुसले युट्युबमाथि प्रतिबन्ध लगाउन सक्छ ।

शनिबार युट्युबले एक विज्ञप्ति जारी गर्दै डुमा च्यानलले युट्युबको मापदण्ड पालना नगरेको उल्लेख गरेको थियो । रुसले युट्युबलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । रुसले अमेरिकी प्रविधि कम्पनीले सूचना युद्धमा

रुसविरोधी धारा बोकेको आरोप लगाएको छ ।

डुमाका सभामुख भ्याचेस्लाभ भोलोदिनले युट्युबले अहिले लगाएको प्रतिबन्ध आफूहरुको अधिकार र स्वतन्त्रताको उल्लंघन अमेरिकाले कसरी गरिरहेको छ भन्ने कुराको प्रमाण रहेको बताए ।

अमेरिकाले सूचना सञ्चारमा एकाधिकार लाद्न खोजेको तर आफूहरु त्यसो हुन नदिने पक्षमा रहेको उनले सुनाए । रुसले यसअघि नै ट्वीटर र मेटा प्लेटफर्मका सेवामाथि प्रतिबन्ध लगाइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय