आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एसी मिलान इटालियन सिरी ए फुटबलमा बराबरीमा रोकिएको छ
समाचार

एसी मिलान इटालियन सिरी ए फुटबलमा बराबरीमा रोकिएको छ

  • सिधा दृष्टी सोमवार, चैत्र २८, २०७८ | April 11, 2022

काठमाडौँ — एसी मिलान इटालियन सिरी ए फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा मिलानले टोरिनोसँग गोल रहित बराबरी खेलेको हो ।​ टोरिनोको घरेलु मैदानमा भएको खेलमा मिलानले बराबरी खेल्दै अंक बाडेको हो । खेलमा दुबै टोलीले बराबरी सट प्रहार गरेका थिए ।

टोरिनोले मिलानको पोष्टमा १४ सट प्रहार गर्दा तीन सट अन टाग्रेटमा थिए । मिलानले पनि १४ सट प्रहार गर्दा तीन सट टाग्रेटमा थिए। बराबरीसँगै मिलानले शीर्ष स्थानमा आफूलाई यथावत राखेको छ । लिगमा ३२ खेल खेलेको

मिलान ६८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पराजित टोरिनो ३१ खेलबाट ३९ अंक जोडेर तालिकाको ११औं स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय