आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ
समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

  • सिधा दृष्टी सोमवार, चैत्र २८, २०७८ | April 11, 2022

काठमाडौँ — झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते बजगाईँको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्ररही प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीले

ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय