बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव अघि पुर्याइएको छ
समाचार

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव अघि पुर्याइएको छ

  • सिधा दृष्टी सोमवार, चैत्र २८, २०७८ | April 11, 2022

काठमाडौँ — वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव अघि पुर्याइएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीन धारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ ।

रथयात्राको तेस्रो दिन आज हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिनुभयो । आज चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने छ भने भोलि रथलाई

लगनको सेतो मच्छिन्द्रनाथको आमाको मन्दिर रहेको रुखमा तीन चोटी घुमाइनेछ । पर्सि मूर्तिलाई रथबाट निकालेर खटमा राखेर असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रबहालमा रहेको मन्दिरमा फर्काइनेछ भने यससँगै सेतो मच्छिन्द्रनाथको जात्रा सकिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय