आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ
समाचार

भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ

  • सिधा दृष्टी सोमवार, चैत्र २८, २०७८ | April 11, 2022

काठमाडौँ — भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ । बिहारको रोहतास जिल्लामा यो घटना भएको हो । त्यहाँ ६० फिट लामो पुल चोरी भएको हो । बिहारको रोहतास जिल्लाको नासरीगंज क्षेत्रस्थित अमियावर इलाकामा रहेको एक नहरमा बनेको फलामको पुल रातारात गायब भएको हो । ६० फिट लामो उक्त पुल १० फिट चौडा र १२ फिट अग्लो थियो । समाचार अनुसार चोरले जेसीबी मेसिन ल्याएर उक्त पुल उखेलेर त्यसको फलाम ट्रकमा हालेर लगेको हो ।

गाउँमा यतिठूलो घटना हुँदा पनि स्थानीय प्रशासनले थाहा पाएन । अनौठो त के भने चोरले आफू सिंचाइ विभागको कर्मचारी भएको भनेर स्थानीय विभागीय कर्मचारीहरूको समेत सहयोग लिएर पुल भत्काएर लगेको हो । स्मरण रहोस् उक्त पुलबाट यसअघि पनि पटक(पटक फलाम चोरी हुने गरेको थियो । तर यो पटक भने चोरले सिँगै पुल नै चोरेको छ । सोमबार दिनदहाडै जेसीबी र ट्रक लिएर आएको चोरले पुल चोरेर लगेको थियो । गाउँलेहरूले सोधीखोजी गर्दा चोरले आफूलाई सिंचाइ विभागको कर्मचारी भएको बताएको थियो ।

उक्त पुल सन् १९७२ मा निर्माण सुरु भएर १९७५ मा सम्पन्न भएको थियो । उक्त पुलको समानान्तर अर्को कंक्रिटको पुल बनेका कारण उक्त फलामको पुल प्रयोगविहीन बनेको थियो । पुल चोरी भएको घटनाका विषयमा स्थानीय प्रशासनले अनुसन्धान अगाडि बढाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय