बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्मा भोलि मतदान हुने भएको छ
समाचार

नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्मा भोलि मतदान हुने भएको छ

  • सिधा दृष्टी आइतवार, चैत्र २७, २०७८ | April 10, 2022

काठमाडौँ – नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्मा भोलि मतदान हुने भएको छ । जसका लागि आज नयाँ प्रधानमन्त्रीको लागि मनोनयन हुँदैछ भने भोलि लागि मतदान तोकिएको छ ।

भोलि बिहान संसद् अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने तयारी गरेको त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल– एन) का अध्यक्ष तथा निवर्तमान विपक्षी नेता शहबाज शरिफ आगामी प्रधानमन्त्री बन्ने निश्चित रहेको बताइएको छ ।

यसअघि शनिवार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै

उनी पदमुक्त भएका हुन् । लगत्तै नयाँ प्रधानमन्त्रीको लागि पक्रिया सुरु गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय