शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुल्ने
समाचार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुल्ने

  • सिधा दृष्टी आइतवार, चैत्र २७, २०७८ | April 10, 2022

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुल्ने भएको छ। यातायात व्यवस्था विभागले जेठ १ गतेबाट नयाँ आवेदन खुल्ने जनाएको हो।

नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको भन्दै यातायात व्यवस्था विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ।

विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ। नयाँ लाइसेन्सका लागि फाराम भर्नेको संख्या पाँच लाख ७२ हजार पुगेको थियो।

फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो। वैशाखभरमा पुराना सम्पन्न गरेर छिटो परीक्षा

दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ। जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको विभागले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय