काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका-१ नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर शनिबार राति पौने १० बजे दुर्घटना हुँदा सोही टिपरका सहचालक २० वर्षीय किरण बास्कोटाको मृत्यु भएको हो।
धादिङको थाक्रे गाउँपालिका-७ घर भएका बास्कोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको छ।