आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य एवं पूर्व सांसद गोपाल गुरागाईंमाथि खुकुरी प्रहार
समाचार

पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य एवं पूर्व सांसद गोपाल गुरागाईंमाथि खुकुरी प्रहार

  • सिधा दृष्टी आइतवार, चैत्र २७, २०७८ | April 10, 2022

धनकुटा- पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य एवं पूर्व सांसद गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ।

धनकुटाका नेता गुरागाईंमाथि उनका छिमेकीले शनिबार एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। ७६ वर्षीय गुरागाईं धनकुटा नगरपालिका ६ का वासिन्दा हुन्।

खुकुरी प्रहार गर्ने युवक पनि धनकुटा नगरपालिका ६ कै २३ वर्षीय दिनेश पोखरेल रहेको धनकुटा प्रहरीले जनाएको छ ।

घरमा गफगाफ गरिरहेको अवस्थामा उनीमाथि खुकुरी प्रहार भएको थियो। ती युवकले किन खुकुरी प्रहार गरेकाहुन् भन्ने बारे अनुसन्धान थालिएको प्रहरीले

जनाएको छ।

गुरागाईंको अनुहारमा गहिरो चोट लागेको छ। उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले जनाएको छ। गुरागाईं ०४८ सालमा सांसद बनेका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय