शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानका लागि बोलाए
मुख्य खबर

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानका लागि बोलाए

  • सिधा दृष्टी आइतवार, चैत्र २७, २०७८ | April 10, 2022

काठमाडौं– प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानका लागि बोलाएको छ। उनले दिएको स्पष्टीकरण चित्त नबुझेपछि काउन्सिलले उनलाई बयानका लागि कार्यालयमै बोलाएको हो।

यही चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किने क्रममा विमानको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो। धमलाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई काउन्सिलले सोमबार बयानका लागि बोलाएको हो।

नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितको आचारसंहिता अनुगमन समितिले धमलाको जवाफ चित्तबुझ्दो नभएको भन्दै बयानका लागि

बोलाउन सिफारिस गरेको थियो।

धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ उनले स्पष्टीकरणमा उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय